साना तथा मझौला होटलहरु क्वारेन्टाइन बनाउन दिने व्यवसायीको संयुक्त घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2020 | 06:19:39 PM मा प्रकाशित

laxmi  sunrise bank

साना तथा मझौला होटल व्यवसायीहरुले आफ्नो होटल क्वारेन्टाइन बनाउन दिने प्रतिवद्धता जनाएका छन्। आज शनिबार होटल व्यवसायी महासंघको अगुवाईमा बसेको बैठकले सरकारले आवश्यक ठाने उपत्यकामा रहेका होटलहरु क्वारेन्टाइन बनाउन दिने निर्णय गरेको हो ।

कोरोना भाइरस  नियन्त्रणका लागि आवश्यक परे उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशभर क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको महासंघका अध्यक्ष हिराध्वज शाहले जानकारी दिए।

‘सरकारले स्वास्थ्यकर्मी र सुरक्षाको विशेष प्रवन्ध मिलाए आफुहरुले आफ्ना होटल निःशुल्क क्वारेन्टाइन बनाउन दिन तयार भएको अध्यक्ष हिराध्वज शाहले बताए।  शाहकाअनुसार काठमाडौं उपत्यकाभित्र मात्र ३० हजार कोठा उपलब्ध हुनेछ। 

ठुला होटल व्यवसायीहरुले भने तारे सहितका होटलहरु क्वारेन्टाइन बनाउन दिने वा नदिने बारे निर्णय गरिसकेका छैनन। ठुला होटल व्यवसायीको छाता संगठन होटल संघमा अधिकांश होटल तारे रहेको  र अहिलेपनि ४-५ प्रतिशत प्रयोग भएकाले क्वारेन्टाइन बनाउन दिन सहज नभएको संघका एक सदस्यले बिजपाटीलाई बताए। 

"छलफल चलिरहेको छ, केही निर्णय भइसकेको छैन, यस बिषयमा सदस्य होटलहरुलाई सोधिरहेका छौँ" ति सदस्यले भने,  "केही प्रतिशत अकुपेन्सी रहेका कारण गेष्ट हटाएर क्वारेन्टाइन बनाउने भन्ने कुरा हुँदैन। "

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved