तारे होटलका कर्मचारीलाई एक महिना बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 05:40:37 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान)मा सदस्य रहेका होटलका कर्मचारीलाइ एक महिना बिदा दिईने भएको छ । तारे तथा ठूला होटलले कर्मचारीलाई एक महिना तलबी बिदा दिने निर्णय गरेका हुन् । हानले अत्यावश्यक सेवामा कार्यरत कर्मचारी र श्रमिकबाहेक कर्मचारी र श्रमिकलाई एक महिना तलबी बिदामा पठाउने निर्णय गरेको हो । होटलको अत्यावश्यक सेवामा कार्यरत कर्मचारी र मजदुरलाई मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जाको व्यवस्था मिलाएर मात्रै काममा लगाइने हानले जनाएको छ । 

यसरी कर्मचारीलाई एक महिना बिदामा पठाउँदा उनीहरुको सेवा सुविधामा कुनै रोक्का नगर्ने हानको निर्णय छ । कर्मचारीको बिदा संचित बिदाबाट काट्ने र संचित बिदा नहुने कर्मचारीको विषयमा भने अग्रिम बिदामार्फत समायोजन गर्ने निर्णय भएको हानले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved