होटल तथा रेष्टुरेन्टका लागि नयाँ मापदण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2020 | 03:14:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अब होटलका लागि नयाँ निर्देशिका जारी भएको छ । नेपाल पर्यटन बोर्डले जारी गरेको नयाँ निर्देशिका अनुसार अब एक पाहुँना वा ग्राहक बसेको ४८ घण्टासम्म सोही कोठामा अर्को सेवाग्राही राख्न पाइने छैन । 

एउटा पाहुना होटेलबाट बिदा भइसकेपछि कोठालाई ४८ घण्टा खाली राखेर पूर्ण रुपमा सरसफाई सकेर मात्रै अर्को पाहुँना राख्न निर्देशिका जारी गरिएको बोर्डले जनाएको छ । 

निर्देशिकाअनुसार अब सकेसम्म होटेलहरुले डिजिटल साँचो प्रयोग गर्नु पर्नेछ । बोर्डले निर्देशिका जारी गर्दै सबै होटलहरुलाई ढोकाको डिजिटल कोड मोवाइलमा सेट गर्ने प्रवन्ध मिलाउन र सोही कोडका आधारमा ढोका खुल्ने व्यवस्था गर्न भनेको छ । बोर्डले पाहुँनासँग आर्थिक कारोबार गर्दा सकेसम्म डिजिटल भूक्तानीको व्यवस्था मिलाउनसमेत भनेको छ । 

होटलका लागि मात्रै सेवाग्राही तथा पाहुँनाका लागि पनि निर्देशिका जारी भएको छ । होटेलमा छिर्नुअघि अनिवार्य तापक्रम जचाउनुपर्ने, रेस्टुरेन्टमा प्रवेश गर्दा हात धुनुपर्ने, खाना तथा खाजाको बिल तिर्दा सकेसम्म अनलाइनमार्फत तिनुपर्ने छ । यति मात्रै नभई होटल तथा रेष्टुरेन्टले पाहुँनाको यात्रा विवरणसमेत माग गर्न सक्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved