हायात होटलको जग्गा विवाद समाधान गर्न मन्त्री भट्टराईको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2020 | 08:05:17 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ग्रामिण पर्यटनमा विदेशीहरुलाई आर्कषण हुने गरी काम गर्न तारागाउँ विकास समितिलाई निर्देशन दिएका छन् । समितिका पदाधिकारीहरुलाई निर्देशन दिँदै मन्त्री भट्टराईले नेपाल आउने पर्यटकहरुलाई नेपाली कला संस्कृतिसँग परिचित हुने आवास गृह, नेपाली कला संस्कृति झल्कने स्तरीय होटल बनाउन भनेका हुन् । 

शुक्रवार तारागाउँ विकास समिति कार्यालयको निरीक्षण गर्दै मन्त्री भट्टराईले तारागाँउ विकास समितिले सञ्चालन गरेको नगरकोट, पोखरा, ककनी क्षेत्रका होटललाई ग्रामिण पर्यटनको झल्को दिने गरी नमुनाको रुपमा विकास गर्न समेत निर्देशन दिएका हुन् । 

मन्त्री भट्टराईले समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई हायात रेजन्सी होटलको जग्गा विवाद जति सक्दो चाँडो समाधान गर्न समेत निर्देशन दिएका छन् ।

मन्त्रीसँग समितिका अध्यक्ष न्यौपानेले अब तारागाउँ विकास समितिको नाम परर्वितन गरेर राष्ट्रिय ग्रामिण पर्यटन विकास समिति बनाउन माग गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved