‘१५ सयका कोठा छोडेर ९ हजारवालालाई होटल क्वारेन्टिन बनाईयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 02:34:59 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल व्यवसायी महासंघले ‘होटल क्वारेन्टिन’का लागि सरकार महँगा होटलमा पुगेको आरोप लगाएका छन् । विदेशबाट उद्दार गरेर ल्याईने नेपालीलाई राख्न सरकारले काठमाडौँका महँगा होटल रोजेको भन्दै महासंघले विदेशबा फर्किने नेपालीहरुलाई आर्थिक भार पर्ने गरी सरकारले बोलवाला होटेलहरूलाई फाइदा हुने गरी निर्णइ गरेको अरोप लगाएका छन् ।

होटेल व्यवसायी महासंघ नेपालले न्युनतम १५ सयमा खान, बस्न, नास्ताको सुविधासहित सेवा दिन तयार रहेको लिखित जानकारी सरकारलाई गराउँदा पनि सरकारले भने एक रातकै ९ हजारसम्म तिर्नुपर्ने होटललाई क्वारेन्टिन बनाएको आरोप लगाएको छ । राजनीतिक चलखेलका आधारमा ठूला होटेलहरूलाई फाइदा पुग्ने गरी क्वारेन्टिन बनाईएको आरोप महासंघको छ ।

महासंघले अट्याच सौचलाय, बाथरुपसहितका कोठा दिनको १५ सयका दरले दिन तयार रहेको पनि जनाएको छ । महासंघले साना तथा मझौला होटेलहरूमा न्युनतम १५ सय, पर्यटकस्तरका होटेलमा २५ सय र बुटिक तथा स्टार लेबलका होटेलहरूमा न्युनतम ३५ सयदेखि दर रेट राखेको छ ।

महासंघले पठाएको दररेटः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved