दशैँमा घुम्न जाने सोचमा हुनुहुन्छ ? यी चिजहरु बोक्न नबिर्सनु !

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 18, 2019 | 09:43:06 AM मा प्रकाशित

laxmi  sunrise bank

बडा दशैँ नजिकिएसँगै नेपालमा घुमफिरको चहपहल बढ्न थालेको छ । विशेष गरि सरकारी सेवामा रहेका कर्मचारी, व्यवसायीक घरनाका व्यापारीहरु घुम्न जाने मुख्य समय दशैँ तिहारको बिदाको अवधि हो । यस अवधिमा धेरै जसो पर्यटकीय गन्तव्यहरुमा ‘अकुपेशन’ खचाखच हुन्छ ।

घुम्न निस्किदा साथमा के के कुरा राख्नुपर्छ ? उच्च भु–भागको घुमफिरमा निस्कदा चिसो र उच्च भूभागमा हुने ‘अल्टिच्युड सिकनेस’बाट बच्न ट्रालभ र ट्रेकिङ व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुका टिप्स यस्ता छन् । 

औषधीतर्फः

१) पारासिटामोल (निको)

२) डेभोमाईन (एभोमाइन)

३) पेन किल्लर

४) साइनेक्स

५) प्रोटोग्याल डि.एफ.

६) प्यान्टाप्राजोल

७) जोलामिड

८) हाजमुला

९) ह्यान्डिप्लास्ट

१०) ब्यान्डिज

११) कटन

१२) आइ ड्रप

१३) मेडिकल माक्स

१४) मेडिकल पन्जा

१५) थर्मोमिटर 

१६) बेटाडिन 

माथि उल्लेख गरिएका सबै औषधिजन्य बस्तुहरु हुन् । यसका अलवा छुटाउनै नहुने अन्य बस्तुहरु पनि व्यवसायीले सुझाएका छन् । नेपालका विभिन्न स्थानमा ट्राभल, टूर अथवा ट्रेकिङ गर्दा आवश्यक पर्ने र नछुटाई बोक्नुपर्ने व्यक्तिगत सामग्रीहरु के के हुन् त ? यस्ता छन् टिप्स । 

अन्य सामग्रीहरुः 

१) कटन वा उनको क्याप टोपी

२) घामबाट जोगिने चश्मा

३) उनको पन्जा

४) र्याङकोट 

५) स्वीटर

६) तातो हुने ट्राउजर

७) कटन वा उनको मजा

८) स्पोर्ट जुत्ता

९) ट्रेकिङ स्टिक (लौरो)

१०) हेड लाइट

११) पानीको बोतल (सम्भव भएसम्म थर्मस)

१२) ट्रेकिङ ब्याग

१३) स्लिपिङ ब्याग

१४) व्यक्तिगत सामानहरु (कस्मेटिक्स, मञ्जन ब्रस, डेटोल, नोटबुक, पेन, क्यामेरा, खाली मेमोरी कार्ड आदि)

१५) व्यक्तिगत औषधिहरु (प्राथमिक उपचार)

१६) सुख्खा खाने कुराहरु (स्नेकर्स, चकलेट, ग्लुकोज, बिस्कुट आदि) 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved