कहिल्यै नपुगेको ६ ठाउँ भ्रमण बर्षमा घुम्ने योजना छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 11:29:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपाल भ्रमण बर्ष सुरु हुन महिना दिन मात्रै बाँकी छ। नेपाल सरकार मात्र नभई देश विदेशमा रहेका नेपाली नागरिक समेत सन् २०२० लाई भ्रमण बर्ष मनाउने तयारीमा जुटेका छन।

सरकार मात्र नभई पर्यटनसंग जोडिएका होटल, ट्राभल, टुरिजम लगायतका व्यवसायी भ्रमण बर्ष २०२० को ब्यग्र प्रतिक्षामा छन्। भ्रमण बर्ष सुरु हुन् लाग्दा भ्रमणसंग जोडिएका बिषयबस्तुहरु आम सर्वसाधारणको मात्र नभई बिभिन्न संचार माध्यमको प्राथमिकतामा छन। 

केहि संचारमाध्यमले झैँ नेपालको आर्थिक अनलाइन बिजपाटी डटकमले पनि बिगत २ बर्षदेखि पर्यटनसंग जोडिएका बिषयहरु समेटेर सामग्री लेख्दै आएको छ। घुमफिर, घुमफिर अनुभव, कहाँ घुम्ने जस्ता बिषयबारे लेख्दै आएको बिजपाटी डटकमले गत १ बर्षदेखि 'भिजिट नेपाल २०२०' लाई प्राथमिकतामा राखेर सामग्रीहरु प्रकाशित गर्दै आएको छ। 

यहि क्रमलाई निरन्तरता दिंदै बिजपाटी डटकमले 'ट्राभल डायरी' नाम दिएर नयाँ सामग्री प्रकाशन गर्ने जमर्को गरेको छ। नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सरोकारवालालाई नीति बनाउन, भ्रमण बर्ष २०२० मा जनसहभागिता बढाउँन, देशभित्र घुम्नलाइ प्रोत्साहन गर्न, घुम्न जाने गन्तब्यबारे जानकारी दिन लगायतका उदेशले 'ट्राभल डायरी' सुरु गरिएको हो। हामीले यस शृंखलामा विभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुले यात्राको क्रममा गरेका अनुभवलाई समावेश गर्ने गरी ७ वटा प्रश्न गरेका छौं।

ट्राभल डायरीमा अनिल शाह:

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह बैंकिङ क्षेत्रका चर्चित व्यक्ति हुन्। तत्कालिन ग्रिनलेज (हालको स्ट्याण्डर्ड चार्टड) बैंकबाट बैंकिङ करियर सुरु गरेका शाह नबिल हुँदै मेगाका संस्थापक सीईओ हुँदै पुन: नबिलमा फर्किएका हुन्।

१.तपाईले घुमफिरको क्रममा गर्नु भएको अहिलेसम्मकै शाहसिक कार्य के हो ?

बरोपाई भन्ने आइल्यान्डमा समुन्द्र मुनि हिड्ने प्रविधि रहेछ । एउटा टोपी जस्तो लगाएर पाइपमा समातेर खुट्टामा फलामको जुत्ता लगाएर समुन्द्रमुनी जानुपर्ने। साहसीक कार्य भनेर पहाड चढ्ने काम गरेको छैन तर समुन्द्र मुनी गएको छु । ठुलोठुलो सार्क माछा पनि आउने करिब १२ मिटर  गहीरो त्यस ठाउँमा माछासंग खेलेको छु। समुन्द्र नभएको देशबाट भएर पनि होला साहसिक अनुभव भनेको त्यही हो। 

२.तपाईले घुमिसकेको मध्ये सबैभन्दा मन परेको उत्कृष्ट ३ नेपाली गन्तब्य कुन हो र किन?

सबैभन्दा मन परेको पोखरा हो । नेपालमा भगवानले स्वर्ग बनाएको भनेको पाखरा नै हो जस्तो लाग्छ । बच्चादखीनै गइरहेको भएर पनि होला । संसारमा जहाँसुकै भएपनि म सित्तैमा पठाइदिन्छु कहाँ जान्छस भनेर कसैले सोध्यो भने पनि म पोखरा जान्छु भन्छु । 

दोस्रो, चितवन हो । पोटोग्राफीमा सोख भएको हुनाले त्यहाँ जंगलमा जनावरहरुको फोटो खिच्न पाउने भएकोे होला । त्यस्रो, घान्द्रुकको ट्रेक राम्रो लागेको छ । गन्तब्य भनेको कहीं पुग्ने होइन हरेक पाइला पाइलामा मजा लिने हो । गन्तब्य जीन्दगाी जस्तै हुनुपर्छ । कहीले चराचुङगीको मजा, कहीले खोलानालाको मजा र कहीले पुल तर्दाको मजा हरेक पाइलामा मजा लिने हो र घान्दु्रकको ट्रेकमा मजा लाग्छ । 

३.तपाईले घुम्ने अवसर नपाउनुभएको तर असाध्यै घुम्न चाहेको नेपाली गन्तब्य कुन हो र किन?

खप्तड जान मन छ । बुबा डाक्टर भएर फर्कदा पहिलो पोस्टीङ डोटी भएको थियो । बुबाको खप्तड बाबासँग भेटठ भएछ र कुरा हुँदाखेरी एकपटक खप्तड बाबा पुग्न भन्नुभएको छ। र मलाई पनि जान मन परेको ठाउँ खप्तड हो । 

४.घुमफिरले तपाइको काममा कस्तो सकारात्मक प्रभाव पारेको छ ?

मानिस फरक फरक ठाउँमा जान्छन । कोही खान जान्छ । कोही ठाउँ हेर्न जान्छन । कोही रमाउन जान्छ । मलाई विभिनन ठाउँमा घुमेको अनुभवबाट आफुलाई कसरी पुर्ण बनाउन सकिन्छ भन्ने लाग्छ । एकै ठाउँमा पनि आफ्नो भिजन अनुसरको घुमफीर हुन सक्छ । घुमिफिरले आफ्नो संसार, आफ्नो समाज र आफ्नो संस्था प्रति आफुलाइ ठुलो बनाएको जस्तो लाग्छ । नयाँ ठाउँमा, जानु नयाँ समाजमा घुलमील गर्नु मान्छेहरु भेट्नु र नयाँ प्राकृतिक वातावरणमा रमामउनुले अझै आफुलाई पुर्णता प्रदान गरेको जस्तो लाग्छ । 

५.घुमफिरको क्रममा बोक्नै पर्ने सामानहरु के के हुन?

विदेश जाने हाने भने पहीलो भनेको पासपार्ट र सिटिजनसिप नै हो । दोस्रो पैसा । तेस्रो क्यामेरा चाहीन्छ । यो सबैभन्दा महत्वपुर्ण भनेको आफ्नो सोच हो । कँही ट्राफिक जाममा परिएला त्यस्तो अवस्थामा आफ्नो सबै परिवार सँगै हुन्छ , त्यस्तो बेलामा नाच्ने, गाउने, खेल्ने त्यही रमाइलो हुन्छ त्यसैले आफ्नो सोच सकारात्मक हुनुपर्छ ।

६.घुमफिरका क्रममा तपाइको अहिलेसम्मकै अविस्मरणीय क्षण कुन हो ?

कुनै पनि ठाउँमान जाने हो भने त्यो ठाउँमा रमाइलो हुन्छ र हुँदैन भन्ने कुरा दुई चिजमा निर्भर गर्छ । पहीलो आफ्नो सोच, र दोस्रो आफु को सँग गएको छ त्यसमा भर पर्छ । एकदमै राम्रो ठाउँमा पनि म एक्लै पुगेको छु तर रमइलो भएन । ठिकैको ठाउँमा साथिभाइ अथवा परिवार छ भने त्यहाँ पनि रमाइलो हुन्छ । ठाउँ भन्दा साथ र आफुसँग भएको मान्छे सकारात्मक छ भने रमाइलो हुन्छ त्यस्तो क्षण पोखरामा नै छ र साथिभाइ तथा परिवारसँगैकै क्षण हो ।   

७.भ्रमण बर्ष २०२० कसरी मनाउने योजनामा हुनुहुन्छ ?

हामीले भ्रमण वर्ष २०२० मा सबै विश्वलाई नै नेपाल आउन भनिरहेका छौं । सबै नेपालीलाई आफ्नो क्षमताले जति सकिन्छ संसारलाई बोलाउँदा आफु पनि अलिकति मात्रै भएपनि घुमौं भन्न चाहान्छु। भ्रमण वर्षमा कम्तीमा पनि ६ वटा कहील्यै पनि नपुगेको ठाउँमा पुग्ने लक्ष्य लिएको छु। कुनै कठीन र कुनै सजीलो होला तर ६ वटा टाउँमा पुग्ने योजना छ  । 

यदि तपाईपनि 'ट्राभलडायरी' मा सहभागी भएर आफ्नो अनुभव साट्न चाहनुहुन्छ भने हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved