काठमाडौँमा बस दुर्घटना, ३ जनाको घटनास्थल मै मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2019 | 06:00:02 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने दर्जनौ यात्रु घाइते भएका छन्। नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको सिमानामा पर्ने गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना भएको हो ।

हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको नाङ्लेभारे प्रहरी चौकीका प्रमुख आङकाजी शेर्पाले जानकारी दिए ।

ओरालोमा अनियन्त्रित भई बस सडक छेउको मन्दिरमा ठोक्किएर सडकमा पल्टिएको थियो । बसमा ५० यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, उत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको यकिन सङ्ख्या र मृतकको पहिचान खुलेको छ्रैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved