मन्त्री र सांसदलाई गुपचुप बाडियो पर्व भत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2019 | 08:47:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मन्त्री र सांसदहरूलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो ।

 मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि मुख्यसचिव लोकदर्शन रेग्मीले अर्थ सचिवलाई सम्बोधन गर्दै परिपत्र गरेसँगै सरकारको यो निर्णय बाहिर आएको हो । गएको भदौ ३१ मा बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको खुलेको छ ।

सरकारले गोप्य राख्न खोजेको उक्त निर्णयमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, संघीय संसद्का पदाधिकारीहरू तथा सदस्यहरूलाई एक महिनाको तलब बराबरको रकमबापत चाडपर्व खर्च उपलब्ध गराउने भनिएको कारोबार दैनिकमा खबर छ ।

उक्त निर्णयलाई मुख्यसचिव रेग्मी आफैंले अर्थ मन्त्रालयमा लेखिपठाएका छन् । पत्रमा नेपाल सरकारको कुनै पदसरहको तलब सेवासुविधा सरकारी बजेटबाट पाउने गरी नियुक्त भएका विभिन्न पदाधिकारीहरूका सल्लाहकार र स्वकीय सचिवालयका कर्मचारीहरूलाई सम्बन्धित पदको नयाँ तलबसरह तलबमान कायम गर्ने र छ महिना सेवाअवधि पूरा गरेको अवस्थामा निजहरूलाई एक महिनाको तलब बराबरको रकम चाडपर्व खर्च उपलब्ध गराउन भनिएको छ । 

सरकारको यो निर्णयलाई अर्थ मन्त्रालयले कार्यान्वयनमा ल्याइसकेको जानकारी दिएको छ । मन्त्रिपरिषदको यस्तो निर्णय अर्थ मन्त्रालयले कार्यान्वयनमा ल्याएसँगै सरकारका मन्त्री तथा सांसदहरूले अन्य कर्मचारीले सरह एक महिना बराबरको पर्व भत्ता पाएका छन् । यसवाहेक मन्त्री तथा संघीय संसद्का विभिन्न पदाधिकारी स्वकीय सचिव तथा सचिवालयका कर्मचारीले पनि एक महिनाको तलबसरह चाडपर्व भत्ता पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved