धुलिखेलमा टिपर दुर्घटना, एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2019 | 11:55:15 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेपलाञ्चोकमा शनिवार बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतमा टिपर सडकबाट खस्दा चालक सिन्धुलीका गणेशबहादुर कार्कीको मृत्यु भएको हो । 

नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । उनका अनुसार टिपर सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ ।

बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved