सम्पती नदिएको झोकमा छोराले गरे आमाको हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2019 | 08:07:07 PM मा प्रकाशित

laxmi  sunrise bank

कपिलवस्तुको दोहनीमा आफनै छोराको कुटपिट बाट आमाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका ८ पश्चिम दोहनी बस्ने सुरेन्द्र कुर्मीले कुटपिट गरी आफ्नै आमा फुलमती कुर्मीको ज्यान लिएका हुन ।

अत्याधिक मादक पदार्थ सेवन गरेका कुर्मीले घरमा आगजनी गर्ने प्रयत्न गरेपछि रोक्न खोज्दा आमा माथी आक्रमण गरेका कारण ५५ वर्षीया फूलमतीको ज्यान गएको कपिलबस्तु प्रहरीले जनाएको छ ।

आमालाई कुटपिटगरी घरमा आगजनी गरेका सुरेन्द्र कुर्मी फरार छन भने मृतक फूलमतीको शव लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ । सुरेन्द्रले बिगतदेखि नै सँगोलमा रहेको खेत मध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दैे परिवारमा झगडा गरिरहने गरेको स्थानीयले बताएका छन ।

'बिगतदेखि नै जग्गा आफ्नो नाममा गरिदिनु पर्ने भन्दै सुरेन्द्रले आमालाई धम्क्याउदै आएका थिए,हिजो मदिरा सेवन गरेर कुटपिट र आगजनी गरेछन' वडा नं ८ का वडाअध्यक्ष शिवकुमार पाण्डेयले भने। फरार सुरेन्द्रको खोजी भई रहेको कपिलबस्तु प्रहरीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved