प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, महत्वपूर्ण निर्णय हुन् सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 08:24:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन्। प्रधानमन्त्रीले आफ्नै निवास बालुवाटारमा विहान ११ बजे बैठक बोलाएका हुन्।

बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको बारेमा मन्त्रीहरुलाई ब्रिफिङ गर्ने भएका छन् । यस अघि ओलीले शनिवार नेकपा सचिवालय बैठकमा स्वास्थ्यको बारेमा जानकारी दिदै मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले  समस्या भएको जानकारी दिएका थिए। ओलीले  आफ्नो उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको ब्रिफिङ गरेका थिए।

त्यस्तै आजको बैठकमा  विकास निर्माणसम्बन्धी महत्वपूर्ण आयोजना सुरु गर्ने निर्णय हुन् सक्ने बताईएको छ । साथै सरकारको कामलाई प्रभावकारी गराउने विषयमा छलफल हुने र प्रधानमन्त्री ओलीले मन्त्रीहरुसंग गरेको कार्यसम्पादन सम्झौता र त्यसको प्रगतीको बारेमा पनि बैठकमा समिक्षा हुने स्रोतले जनाएको छ ।

आज नै उपनिर्वाचनको लागि उम्मेदवार चयन गर्ने विषयमा छलफलमा नेकपाको सचिवालय बैठक समेत डाकिएको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved