आजै नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी, यस्ता छन् आवश्यक योग्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 06:47:09 PM मा प्रकाशित

laxmi  sunrise bank

 सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको छ । राष्ट्रपतिले सरकारको सिफारिसमा सातै प्रदेशको प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै नयाँ नियुक्तिको लागि तयारी भएको हो 

अहिले सत्तारुढ दल नेकपाको सचिवालय बैठक जारि छ । बैठकमा प्रदेश प्रमुख नियुक्तिको एजेण्डा समावेश गरिएको छ । सचिवालय बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक डाकिएको छ । उक्त बैठकले नयाँ प्रदेश प्रमुख नियुक्ति गर्नको लागि सिफारिस गर्न सक्ने बताईएको छ ।

नेपालको संविधानको धारा १६४ मा प्रदेश प्रमुख नियुक्त गर्न सक्ने ब्यबस्था छ । प्रदेश प्रमुखहुनको लागि संघीय संसदको सदस्य हुन योग्य भएको, पैंतीस वर्ष उमेर पूरा भएको, र कुनै कानूनले अयोग्य नभएको हुनु पर्ने छ । 

प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आज पदमुक्त गरेकी छिन् । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को आजको निर्णयबाट प्रदेश प्रमुखहरुलाई पदमुुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त व्यवस्था छ । पदमुक्त प्रदेश प्रमुखमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ (धनकुटा), प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ (काठमाडौँ), प्रदेश नं. ३ का अनुराधा कोइराला (काठमाडौँ), गण्डकी प्रदेशका बाबुराम कुँवर (अर्घाखाँची), प्रदेश नं ५ का उमाकान्त झा (धनुषा), कर्णाली प्रदेशका दुर्गाकेशर खनाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल (कैलाली) छन्। उनीहरुलाई अघिल्लो सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो । 

निर्वाचन सम्पन्न भइसकेपछि ती प्रदेश प्रमुख नियुक्त भएकाले नयाँ सरकारले राजनीतिक निर्णयबाट हटाउने आकलन गरिँदै आएको थियो । सरकारले यसअघि निर्वाचन आचारसंहिता लागू भएपछि अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय पनि गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved