मन्त्रिपरिषद बैठक स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 07:36:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार साँझको लागि डाकिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रदेश प्रमुख नियुक्त गर्नको लागि बैठक डाकेका थिए ।

तर  नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाउन नसकेपछि बैठक स्थगित भएको हो । अब अर्को मन्त्रिपरिषद्को बैठक सोमबार बिहान ११ बजेको लागि डाकिएको छ । 

नेकपा सचिवालय बैठकले उपचुनावका लागि उम्मेदवारको टुंगो लगाएको छ ।  जस अनुसार कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराई, प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा विमला वली, भक्तपुर १ (क) मा देवीप्रसाद ढकाल,  धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राई उम्मेदवार चयन भएका छन्  । 

भट्टराई यसअघि कास्की २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन्।  त्यस्तै वली सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् । बाग्लुङ २ खमा भने नेकपाले राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved