शिक्षामन्त्री पोखरेलको 'बठ्याई' ले एकै दिन दुई पटक मन्त्रिपरिषदको बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 12:22:58 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन दुई पटक मन्त्रिपरिषदको बैठक बस्यो। प्रधानमन्त्री ओली अस्पतालमा सामान्य चेकअप गरेर फर्केलगत्तै दिउँसो मन्त्रिपरिषदको बैठक बस्यो। र लगत्तै साँझ ५ बजे आकष्मिक भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दोस्रो मन्त्रिपरिषदको बैठक बस्यो। 

यसरि एकै दिन दुई दुई पटक मन्त्रीपरिषदको बैठक बस्दा बाहिर अनेक चर्चा चलेका थिए। साँझ ५ बजे आकष्मिक बैठक डाकीएपछि बजारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिने हल्ला समेत सुनिएको थियो। 

यद्दपी आइतबार एकै दिन दुई पटक मन्त्रीपरिषदको बैठक बस्नु पर्ने कारण अरु नै रहेको बालुवाटार स्रोतले जनाएको छ। शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोख्रेलको बठ्याईका कारण एकै दिन दुई दुई पटक मन्त्रीपरिषदको बैठक बस्नु परेको स्रोतको भनाई छ। 

आइतबारको मन्त्रीपरिषदको बैठकबाट त्रिभुवन विश्वबिद्यालयको उपकुलपति नियुक्त गर्ने लगायतका प्रस्तावमा निर्णय लिने पुर्व कार्यतालिका थियो। तर मन्त्री पोखरेलले त्रिभुवन बिश्वबिद्यालयको उपकुलपतिमा एक नम्बरमा डा भगवान कोइराला र दुई नम्बरमा प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाको नाम सिफारिस गरे। 

तर मन्त्रिपरिषदको पहिलो बैठकले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेपछि तत्कालै दोस्रो नम्बरमा रहेका बास्कोटालाई टियुको उपकुलपतिमा नियुक्त गर्न नैतिक रुपमा कठिन हुने भएकाले दोस्रो पटक आकष्मिक बैठक डाकेर डा बास्कोटालाई उपकुलपतिमा नियुक्त गरिएको स्रोतको भनाई छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा प्राध्यापक डा. धर्मकान्त बाँस्कोटालाई टियुको उपकुलपतिमा नियुक्त गरिएको बताइएको छ। शिक्षामन्त्री पोखरेल बास्कोटाको ठाउँमा डा भगवान कोइराला टियुको उपकुलपति बनुन भन्ने पक्षमा रहेकाले मन्त्री पोखरेलले टियुको उपकुलपतिका लागि डा कोइरालाको नाम पहिलो नम्बरमा राखेको बताइएको छ।

आइतबार बसेको पहिलो मन्त्रिपरिषदको बैठकले ड़ा कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष र दोस्रो पटक बसेको बैठकले डा बास्कोटालाई टियुको उपकुलपति नियुक्त गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved