मन्त्रिपरिषद बैठकले टुंगो लगायो नयाँ प्रदेश प्रमुख, को कहाँ ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 04:50:12 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखको नियुक्तिको लागि राष्ट्रपति समक्ष नाम सिफारिस गरेको छ । सोमबार अपरान्ह बसेको बैठकले प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नाम सिफारिस गरेको हो 

जस अनुसार प्रदेश १ मा  सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई,  गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको छ ।

मन्त्रिपरिषद्को बैठक अघि बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखको नाम टुंगो लगाएको थियो। तर को कुन प्रदेशमा भन्ने बारे नेकपा बैठकले निर्णय गरेको थिएँन  राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नियुक्त गर्ने र पदमुक्त गर्ने संवैधानिक ब्यबस्था छ । 

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार सबै प्रदेश प्रमुख पदमुक्त भएका थिए   । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved