दुर्घटनामा उपमेयर र प्रदेशसभा सदस्य गम्भीर घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2019 | 08:51:08 AM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुरको त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी चढेको जीप सोमबार  साँझ दुर्घटना हुँदा उपप्रमुख चौधरीसहित प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार गम्भीर घाइते भएका छन् । घाइते दुबै जनाको चौदण्डीको बेल्टारस्थित बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि विशेष उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए । उनले जीप चालक योगेश चौधरीको अवस्था भने सामान्य रहेको पनि बताए   ।

विराटनगरबाट मदनभण्डारी लोकमार्ग हुँदै उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार भएर गाईघाट आउने क्रममा चौदण्डी–७ को लाटीखोलास्थित भुल्के भन्ने स्थानमा सोमबार  साँझ ५ बजे त्रियुगा नगरपालिकाको स१ज.५३१ नम्वरको रातो जीप सडकमा पल्टिएर दुर्घटना हुँदा जीपमा सवार दुबैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

जीप सडकको गोलाइमा नियन्त्रण भन्दा बाहिर गएका कारण दुर्घटना हुन पुगेको प्रारम्भीक अनुसन्धानबाट देखिएको उदयपुरका प्रहरी प्रमुख बुढामगरले जानकारी दिए  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved