सरकारले भन्यो 'कालापानी नेपालको हो, भारतको निर्णय मान्य छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 05:39:19 PM मा प्रकाशित

laxmi  sunrise bank

 कालापानी विवादबारे सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले कालापानि नेपालको भूभाग रहेको भन्दै भारतले हालै एकतर्फी रुपमा जारि गरेको नयाँ नक्सा आफुलाई मान्य नहुने बताएको छ 

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउन मन्त्रालयले आग्रह गरेको छ। नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरुको समाधान गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।

 अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवम तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न पनि नेपालले अगढ़ा गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved