देशभर मौसम बदली, हिमपातको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 03:18:07 PM मा प्रकाशित

laxmi  sunrise bank

आज देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । बङ्गालको खाडीमा बनेको शक्तिशालि सामुन्द्रिक चक्रवात ‘बुलबुल’को असर नेपालमा पनि देखिएको मौसम विभागले जनाएको छ । देशका मध्य र पूर्वी भू–भागका अधिकांश स्थानहरुमा चक्रवातको प्रभावले मौसम बदली भएको मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च हिमाली भु–भागमा हिमपातको सम्भावना छ । पहाडी र उच्च हिमाली भेगमा सतर्कता अपनायन विभागले भनेको छ ।

सामुन्द्रिक चक्रवात बुलबुल बंगलादेश तर्फ़ सर्दै गएको विभागले जनाएको छ । अघिल्लो साता अरब सागरमा बनेको चक्रवात ‘माहा’ को बाँकी रहेको अंश अरब सागरमा फर्किसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved