आलमले जलाएका भनिएका व्यक्तिकी श्रीमति अदालतमा पुगेपछि.......

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 03:36:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले १२ वर्षअघि इटा भट्टामा जलाएर मारेका भनिएका व्यक्ति बैदेशीक रोजगारीमा रहेको भन्दै निवेदन परेको छ । आलमले मारेका  भनिएका ओसी अख्तर वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै उनकी पत्नी अमना खातुन निवेदन दिन अदालत पुगेकी छन् ।

ओसी अख्तर र त्रिलोक सिंह बम बिष्फोटमा घाइते भएपछि जिउँदै इँटाभट्टामा हालेको आरोपमा आलम अहिले अदालती प्रकिmयमा छन् । आलमको मुद्दामा रौतहट जिल्ला अदालतमा बहस चलिरहँदा मृतक भनिएका मध्ये ओसी अख्तर जिउँदै रहेको निवेदन परेको अदालतले बताएको छ ।

आलमका विरूद्ध जाहेरी दिने परिवार, साक्षी लगायतलाई उनका मानिसहरूले डरधम्की र प्रलोभन देखाएर निवेदन दर्ता गर्न भनेको हुनसक्ने आँकलन गरिएको छ । तर उक्त निवेदन कानुनी रुपमा अहिले दर्ता गर्न नमिल्ने भन्दै अड्किएको छ । न्यायधिशले उक्त निवेदन उपर पछि छलफल गर्ने भन्दै रोकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved