प्रधानमन्त्री सचिवलायका सबै कर्मचारीको राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2019 | 04:12:11 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सल्लाहकार र कर्मचारीको राजीनामा माग गरेका छन् । सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना बढेपछि प्रधानमन्त्रीले निर्देशनात्मक शैलीमा सचिवालयका सल्लाहकार र कर्मचारीलाई राजीनामा दिन भनेका छन् । कार्यकक्षमा बोलाएरै प्रधानमन्त्रीले शुक्रबार सचिवालयमा कार्यरत सबैलाई राजीनामा दिन भनेको बुझिएको छ । 

स्रोतका अनुसार राजेश बज्राचार्य सचिवालयमा अवैतनिक भएका कारण उनी बाहेक सबैको राजीनामा प्रधानमन्त्रीले मागेका छन् । 

यस विषयमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने सचिवालयको बैठक बस्नु र हेरफेर हुनु सामान्य कुरा भएको बताएका छन् । राजीनामा नै माग गरिएको विषयमा भने ‘केही दिन हेरौँ’ भन्ने जवाफ अर्यालले विजपाटीलाई दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved