बिजपाटी सम्बाददाता     Nov 11, 2019 | 03:03:19 PM



एक फ्रान्सेली नागरिकको सोलु क्षेत्रमा लेक लागेर मृत्यु भएको छ । कात्तिक १८ गते सोलुखुम्बु पुगी खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको चो यु भ्यु लज एन्ड रेष्टुरेण्टमा बसेका २८ वर्षीय फ्रान्सेली नागरिकको मृत्यु भएको हो ।

मार्रोन गेटान लुइस नाम गरेका उनको लेक लागेर प्राथमिक उपचार केन्द्रमा उपचार गराउने क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याईएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7