काभ्रेमा आज पनि दुर्घटना, टिपर र बुलेरोले च्यापिएर एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2019 | 10:52:47 AM मा प्रकाशित

laxmi  sunrise bank

 काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थि अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नंको टिपर र बा१०च २१५४ नंको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मुत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रहेका भक्तपुर नगरपालिका–९ च्यामासिङस्थित बागेश्वरी कलेजमा अध्ययनरत विद्यार्थी २० वर्षीय विमल कुटुजु रहेको प्रहरीले जनाएको छ ।

सो घटनामा परी सोही कलेजमा अध्ययनरत भक्तपुर–८ का मोटरसाइकल चालक कृष्ण दाहाल गम्भीर घाइते भएका छन् । उनको बनेपास्थित करुणा अस्पतालमा उपचारपश्चात भक्तपुरस्थित मध्यपुरथिमि अस्पतालमा सिफारिश गरिएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved