बङ्गलादेशका राष्ट्रपति हमिद नेपालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2019 | 01:42:30 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने भ्रमणका क्रममा आज काठमाडौं आईपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिदले नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणमा आएका हुन् ।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेबी भण्डारीले स्वागत गरेकी छिन । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भोलि अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले समकक्षी बङ्गलादेशी राष्ट्रपतिको सम्मानमा भोलि साँझ राजकीय भोज आयोजना गर्ने छिन् ।

बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने छिन् । यसैगरी राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नु हुने कार्यक्रम छ । नेपाल भ्रमणका बेला बङ्गलादेशका राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको भ्रमण गर्ने कार्यक्रम छ । हमिद सन् २०१३ को अप्रिलदेखि बङ्गलादेशको १९ औँ राष्ट्रपतिका रुपमा कार्यरत छन्।।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved