बिजपाटी सम्बाददाता     Nov 12, 2019 | 03:13:11 PM



रौतहटको मठिया प्रहरी चौकीमा बम विस्फोट भएको छ । इसनाथ नगरपालिकास्थित चौकीमा बम विस्फोट हुँदा १ जना प्रहरी जवान घाइते भएका छन् । बम प्रहार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

रौतहट प्रहरीका हवल्दार रोजिना तामाका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा दुई जना भारतीय नागरिक आएको र मठिया प्रहरी चौकीमा रहेका सेन्ट्रिलाई लक्षित गरी सुतली बम प्रहार गरेका हुन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7