प्रचण्डका घरबेटी भक्तपुरका पोल र गाडीमा, बाँदर र कुकुरको फोटो समेत जोडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2019 | 08:10:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ठेकेदार घरबेटीले समयमा काम नगरेपछि भक्तपुरमा वासिन्दाले विरोधको भिन्न शैली अपनाएका छन् । प्रचण्डका घरबेटी समेत रहेका सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीले सडकको ठेक्का समयमा पुरा नगरेपछि स्थानीयले भिन्न स्वरुपमा यसको बिरोध गरेका छन् 

बिरोध अन्तर्गत स्थानीयले अधिकारीको फोटो छापेर पोलमा, सडकमा, सार्वजनिक तथा निजि गाडीमा टासेका छन् । फोटोमा 'सडकको ठेकेदार, कालोपत्रे छिटो ग़र, 'शारदा अधिकारी, नगरकोट बाटोको ठेकेदार' लगायतका नारा लेखिएका छन् । केहि ब्यानरमा बाँदर र कुकुरको फोटो पनि प्रयोग गरिएको छन् । समयमा नै सडक कालोपत्रे नभएपछि स्थानीयले सडक छिटो निर्माण गर्नको लागि दबाब दिन यस्तो शैली अपनाएको बताएका छन् 

भक्तपुरको कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्मको सडक कालोपत्रेको ठेक्का अधिकारीले पाएका थिए । १५.६६० किलोमिटरको सडक स्तरोन्नतिका लागि उनीसँग २०७१ असार २ गते सम्झौता भएको थियो।  ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा भएको सम्झौता अनुसार यो सडक २०७३ असार ४ गते सम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने थियो। तर कम्पनीले पटकपटक म्याद थप गर्दै आएको छ।

 उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडक नबनेपछि पर्यटक र स्थानीयले दैनिक सास्ती खेपिरहेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved