गभर्नरको मर्जर नीतिमा अर्थमन्त्रीको असहमती !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 12:14:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुको मर्जर स्वेच्छिक भएको बताएका छन् ।  ‘बैंकहरुलाई मर्जमा जाने र नजाने उनीहरुकै इच्छा हो तर मर्जरमा जादा  बैंकहरुको लागि राम्रो हुन्छ’ मन्त्री खतिवडाले भने, ‘त्यसैले हामी मर्जरमा जान आग्रह गछौँ ।’ कामना सेवा विकास बैंकको १३ औँ वार्षिकोत्सव तथा केन्द्रीय कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्त्री खतिवडाले थपे, ‘लोकतन्त्रमा जबरजस्ति हुँदैन तर स्वस्फुर्त रुपमा मर्जमा गए बैंकलाई नै फाइदा हुन्छ, मर्जरलाई प्रोत्साहन गर्नुपर्छ ।’

केही कमजोर वाणिज्य बैंकलाई जसरी भएपनी मर्जर गराउने योजनामा रहेका राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवी नेपाललाई अर्थमन्त्रीको उक्त भनाईले धक्का दिएको छ । नेपाल राष्ट्र बैंकले पछील्लो समय  बैंकको संचलक र अध्यक्षलाई बोलाएर मर्जरको लागि दवाब दिरहेको बताइन्छ । तर अर्थमन्त्री भने केही समय अगाडी पनि फोर्स मर्जर गर्न नहुने बताएएका थिए भने आज पुन बैंकहरुको मर्जर स्वेच्छीक रहेको दोह्रोएका  छन् । 

कार्यक्रममा अर्थमन्त्रीले बैंकहरुले आफु बलियो बन्न ग्राहकलाई पनि बलियो बनाउनुपर्ने बताए । ग्राहकलाई बलियो बनाउन बैंकले उत्पादनमा लगानी बढाउनुपर्ने उनको भनाई छ । उपभोगमा गर्ने कर्जा लगानीले एक पटक नाफा भएपनि दीर्घकालिन रुपमा भने नहुने तर उत्पादन कर्जा थोरै भएपनि दीर्घकालिन नाफा हुने उनले बताए । 

मन्त्री खतिवडाले विकास बैंकलाई साना तथा मझौला उद्योगमा लगानी बढाउन आग्रह पनि गरे ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved