सांसदहरुलाई मन्त्री भट्टराईको आग्रह, ‘एयरपोर्टका कर्मचारीलाई थर्काउने काम नगर्नुस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 03:09:06 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘भीआईपी कक्ष’ प्रयोग गर्न नपाउँदैमा आफूलाई अपमान भएको महशुस नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा मन्त्री भट्टराईले भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्न आग्रह गरेका हन् ।

बैठकमा सांसदहरुले विमानस्थल कर्मचारी, सुरक्षाकर्मी लगायतले सांसदलाई नै नचिनेर अनावश्यक चेकजाँच गर्ने, मान मर्यादा नराख्ने र छुचो शब्द प्रयोग गर्ने गरेको भन्दै मन्त्री भभट्टराईसँग जवाफ माग गरेका थिए । जवाफमा मन्त्री भट्टराईले कर्मचारीले मापदण्ड पालना गराउन खोज्दा सांसदले कर्मचारीलाई धम्क्याउने, जागिर खाइदिन्छु भन्दै थर्काउने प्रचलन रहेको भन्दै त्यसो नगर्न सांसदहरुलाई आग्रह गरे ।

भीआईपी कक्षको प्रयोगलाई आफ्नो प्रतिष्ठासँग जोडेर नहेर्न आग्रह गर्दै उनले ‘म मन्त्री हुनुअगाडि त्रिभुवन विमानस्थलमा कहिले पनि भीआईपी मार्ग प्रयोग गरिन, सधैं सामान्य नागरिकसरह नै यात्रा गरेँ, त्यसरी यात्रा गर्दा सानो भइदैन’ भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved