कर छली गर्ने ५ जना बिरुद्द मुद्दा दायर, ९ करोड बिगो माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 10:09:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध आज मुद्दा दायर गरिएको छ ।

राजस्व अनुसन्धान विभागले कारोवारको सिलसिलामा झुठो नक्कली बीजक तयार गरी कर छलेको भन्दै उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

कर छली गरेको आरोपमा काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने एसपी इन्टरप्राइजेज र हिमाल कन्सट्रक्सनका प्रोपाइटर शिवप्रसाद गौतमले रु तीन करोड ८१ लाख र रामेछाप घर भई काठमाडौँमा हार्डवेयर सञ्चालन गर्दै आएका देवबहादुर खत्रीले झण्डै तीन करोड बिगो बराबरको राजस्व छलेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

यस्तै काभ्रेपलाञ्चको पाँचखाल– ७ घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने वाटरमार्क इन्टरप्राइजेजका प्रोप्राइटर शिवराम न्यौपानेले रु एक करोड ५९ लाख, काठमाडौँ महानगरपालिका– ११ बस्ने हिमालयन इन्टरप्राइजेजका प्रोपाइटर लक्ष्मण चौलागाईंले रु ६९ लाख ३९ हजार र भक्तपुर बस्ने न्यू युनिभर्सल इन्टरप्राइजेका सञ्चालक सुदर्शन चौलागाईंले रु ३० लाख ३२ हजार बिगो बराबरको कर छली गरेको आरोपमा विभागले उनीहरुविरुद्ध पनि आजै मुद्दा दर्ता गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved