मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर वामदेवको खुलासाले राजनीतिमा तरंग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 12:06:26 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने नेकपाका नेता वामदेव गौतमले मन्त्रीपरिषदबारे गरेको टिप्पणीले राजनीतिमा तरंग पैदा गरेको छ। नेकपाका प्रस्तावित उपाध्यक्ष तथा सचिवालय सदस्यसमेत रहेका नेता गौतमले प्रधानमन्त्री बाहेक अरु सबै मन्त्री फेरिने खुलासा गरेपछि राजनीतिमा नयाँ बहस सुरु भएको छ। 

गौतमले एक टेलिभिजनसंग कुरा गर्दै मन्त्रिपरिषद पुनर्गठन भनेकै सबै मन्त्रीहरुलाई हटाएर नयाँ बनाउने रहेको बताएका छन। प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार र सचिवालय सदस्यलाई सामूहिक राजीनामा दिन भनिएका बेला मन्त्रिपरिषद् पुनर्गठनको कुरा उठेको हो।

यसबारे जिज्ञासा राख्दा प्रधानमन्त्री ओलीले पनि सबै मन्त्री हटाएर नयाँ मन्त्री नियुक्त गर्न लागेको जानकारी दिएका नेता गौतमको भनाइ छ । नेता ‘मैले प्रधानमन्त्रीलाई सोधेको थिएँ, के मन्त्रिपरिषद पुनर्गठन गर्न लाग्नुभएको हो ? उहाँले अब गर्ने बेला आएको बताउनुभयो, उहाँले पूर्नगठन गर्नुहुन्छ ।’ गौतमले भनेका छन्। पुनर्गठन भन्ने बित्तिकै मन्त्रीको राजीनामा नमागिने र  अहिले रहेका प्रधानमन्त्री बाहेक सबै मन्त्री नरहने र नयाँ मन्त्रीहरु नियुक्ति हुने नेता गौतमको भनाइ छ । 

बंगलादेशका राष्ट्रपतिको स्वदेश फिर्तीलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ । पुनर्गठित मन्त्रिपरिषदको स्वरूप कस्तो होला ? यसबारे अनेकन कोणबाट चर्चा चल्न थालेको छ। स्रोतका अनुसार यदि ओली लामो समय अमेरिकामा बसेर उपचार गराउनुपरेमा नेकपाका उपाध्यक्ष वामदेव गौतम वा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपप्रधानमन्त्री बनाइने विषयमा आन्तरिक छलफल चलेको छ ।

गौतम र श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याएर उपप्रधानमन्त्री बनाइने र कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने विषयमा समेत छलफल चलेको नेकपाका नेताहरू बताउँछन् । वामदेव वा नारायणकाजीलाई राष्ट्रिय सभामा लगेर गृह र परराष्ट्र मामिला हेर्ने गरी वरिष्ठ उपप्रधानमन्त्री बनाइने सम्भावना धेरै रहेको बुझिएको छ ।

 प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरुलाई सामुहिक राजिनामा दिन गरेको निर्देशन मन्त्रिपरिषद् पुनर्गठनको लागि सांकेतिक भएको जानकारहरु बताउँछन। नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केहि मन्त्रीलाई मात्र हटाउन गरेको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्विकार गर्दै आएका छन। प्रधानमन्त्री ओली मन्त्रीहरुको सेटनै परिवर्तन गर्ने योजनामा रहेको बताइन्छ।    



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved