रुप ज्योतिविरुद्दको जाहेरी फीर्ता माग्दै विगेन्द्रकृष्णको निवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 01:37:39 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थ राज्यमन्त्री एवम् उद्योगी डा. रूप ज्योतिविरुद्धको जाहेरी फिर्ता लिन विगेन्द्रकृष्ण मल्लले निवेदन दिएका छन् । रूप ज्योतिविरुद्ध मल्लले १ करोड २६ लाख रुपैयाँ ठगीको जाहेरी दिएका थिए ।

मल्लले जाहेरी दिएकै कारण रूप ज्योति र उनको छोरी सुरुचि ज्योति गत बिहिबार पक्राउ परेका थिए । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदाललत काठमाडौंले पहिलोपटक ३ दिन र दोस्रोपटक ५ दिन म्याद थपेको छ । थपिएको म्याद आज सकिँदैछ । तर म्याद सकिनु एक दिन अगावै (बुधबार) मल्ल जाहेरी फिर्ता पाऊँ भन्दै निवेदन लिएर प्रहरीकहाँ पुगेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved