कोरम नपुग्दा अर्थ समितिको बैठकमा फेरि स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 02:14:12 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ समिति बैठक पुनः स्थगित भएको छ । कोरम नपुगेपछि बिहिबारका लागि बोलाईएको बैठक स्थगित भएको हो । यसअघि १९ गते पनि कोरम नपुगेको भन्दै बैठक स्थगित भएको थियो । 

नागरिक लगानी कोषको ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न समितिले कोषका सिइओ र अर्थमन्त्रीलाई पनि बोलाएको थियो । तर समितिको २५ जना सदस्य मध्ये ७ जना मात्र उपस्थित भएपछि बैठक स्थगित भएको हो । अर्को बैठकको मिति भने तय नभएको सभापति कृष्ण प्रसाद दाहालले बताए ।

महत्वपूर्ण विधेयकमाथिको छलफलमै सांसदहरु उपस्थित नहुनु गलत संस्कार भएको विज्ञहरुले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved