लक्ष्य भेट्टाउन अर्थमन्त्री असफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 02:35:43 PM मा प्रकाशित

laxmi  sunrise bank

उच्च आर्थिक वृद्धिको लक्ष्य सहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गरेका अर्थमन्त्री डा. युवराज खतिवडा पुनः असफल देखिएका छन् । गत आर्थिक वर्षमा ३ पटक बजेट संशोधन गरेका अर्थमन्त्रीले यस वर्षमा पनि बजेट संशोधनको गर्नुपर्ने स्थितीमा अवस्थामा पुग्न लागेका हुन् । 

८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित बजेट ल्याएका अर्थमन्त्रीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७.१ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने प्ररम्भीक विवरण सार्वजनिक गरेका छन् । प्रथम त्रैमास सकिँदा कुल बजेट खर्च ११.६१ प्रतिशत हुँदा ४.४१ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ । 

सरकार व्यापार घाटा सन्तुलनमा राख्न सफल भएको दाबी गरिरहँदा औद्योगिक कच्चा पदार्थको आयातमा नै कमी आएको र यस्तो हुनु अर्थतन्त्रको लागि राम्रो संकेत नभएको अर्थविदहरुले बताउँदै आएका छन् । 

आयातले धानेको राजश्वको कारण आयत घट्दा सरकार राजश्व उठाउन समेत असफल देखिएको छ । प्रथम त्रैमासमा २ खर्ब ५२ अर्ब राजश्व संकलनको लक्ष्य लिएको सरकाले उक्त अवधिमा १ खर्ब ९७ अर्ब मात्रै राजश्व संकलन गरेको छ । लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएपछी आर्थिक प्रथम त्रैमास सकिएको केही दिनमा नै अर्थमन्त्री खतिवडाले पुनः आर्थिक ऐन संशोधन गर्दै कर बढाएका छन । 

यस्तै प्रथम त्रैमासमा १२ अर्ब ३४ करोड ५६ लाख अनुदान र ३ अर्ब ३३ करो बाह्य ऋण गरी १५ अर्ब ६७ करोड ५६ लाख वैदेशीक सहायत प्रतिवद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ । १ खर्ब ९५ अर्ब आन्तरीक ऋण उठाउने लक्ष्य लिएको सरकारले हालसम्म कुनै प्रकारको आन्तरिक ऋण नउठाएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved