सबै नेपालीले पेन्सन पाउँछन्ः मन्त्री विष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 01:45:58 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भविष्यमा सबै नागरिकलाई पेन्सन उपलब्ध गराउने गरी सामाजिक सुरक्षा योजना ल्याईएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’ विषयक कार्यक्रममा उनले हरेक नागरिकको सुःखद भविष्यको चाहनालाई पूरा गर्न सरकारले यो योजनामा ल्याएको बताए । 

चाहे बुढेसकाल होस् वा दुःख परेका बेला सामाजिक सुरक्षा योजनामा समावेश भएका नागरिकलाई सरकारले पेन्सनमार्फत् सहायता दिने उनको भनाई छ । नागरिकको सुरक्षित भविष्यका लागि सबै नागरिकलाई पेन्सनको व्यवस्था हुने गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको मन्त्री विष्टको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved