राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलम प्रकरणमा प्रतिवादीको तर्फबाट जारी थुनछेक बहस सम्पन्न भएको छ। आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी अथवा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश शुक्रबार आउने अनुमान गरिएको छ।
शुक्रबार बिहान साढे १० बजेदेखि सुरू भएको प्रतिवादीतर्फको बहस साढे १२ बजेसम्म सक्न अदालतले निर्देशन दिए पनि करिब दुई बजेमात्रै बहस सकिएको थियो ।
जाहेरवालाको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलले प्रतिवादीको तर्फबाट भएको बहसलाई खण्डन गरेका थिए । अहिले फैसला लेख्न सुरू भएको अदालतका एक कर्मचारीले जानकारी दिएका छन्।