छुटे पूर्वमन्त्री रुप ज्योति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 04:19:36 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थ सहायकमन्त्री एवम् बरिष्ठ उद्योगी रुप ज्योती थुनामुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले ज्योतिलाई ठगी मुद्दा चलाउनुपर्ने नदेखिएको रायसहित मिसिल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाउने निर्णय गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले ज्योतीलाई हाजिरी जमानामा छाड्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई पत्र पठाएको छ । पत्र आएसँगै उनलाई छोडिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् । 

गत २१ कात्तिकमा विज्ञेन्द्रकृष्ण मल्लको जाहेरीका आधारमा रुपज्योति र उनकी छोरी सुरुची पक्राउ परेका थिए । मल्लले १ करोड २६ लाख ठगी गरेको भन्दै जिल्ला अदालतमा उजुरी दिएका थिए । तर उनी आफँै उजुरी फीर्ता लिन पनि पुगेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved