नियमित एयरपोर्ट पुग्छन् पर्यटनमन्त्री भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 05:03:13 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला ।

तर, भिआइपी पाहुना भट्टराईले चाँडो गराउँदा पनि ४५ मिनेटमा मात्रै ‘लगेज’ पाए । पर्यटनमन्त्री भट्टराईले एकसाताअघि बेलायत भ्रमणका बेला सँगालेको अनुभवले चित्रण गर्छ नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप, अवस्था र बाध्यता कस्तो छ ।

बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थल विश्वकै सुविधायुक्त विमानस्थल मानिन्छ । पर्यटनमन्त्री भट्टराईले भिआइपी पाहुना हँुदा पनि उक्त विमानस्थलमा झण्डै एक घण्टाको अवधिमा लगेज लिए । ‘म नेपालको पर्यटनमन्त्री ‘भिआइपी पाहुना’ छिटो बाटो भएर ९फाष्ट ट्रयाक०बाट गएको घडी हेरेर ४५ मिनेटमा लगेज लिए । मसँगै गएका अन्य साथीको कति समय लाग्यो होला त्यसको अनुमान सहजै गर्न सकिन्छ, विश्वको सुविधा सम्पन्न विमानस्थलको त यस्तो हालत छ भने विरोधका नाममा विरोध नगरौं, उनी भन्छन् ।

भ्रमण वर्ष पूर्व तयारीबारे हालै राजधानीमा भएको एक कार्यक्रममा मन्त्री भट्टराई निकै भावुक र आक्रोशितरुपमा प्रस्तुत भए ।

निजी क्षेत्रको प्रतिनिधित्व गर्ने एक पर्यटन व्यवसायीले भ्रमण वर्षको तयारी नपुगेको, पदयात्रा र पर्वतारोहणमा बेथिति बढेको तथा विमानस्थलको बेतिथिदेखि सडक सञ्जालसम्मको दूरावस्थाको कहानी सुनाइरहेका थिए ।

व्यवसायीलाई सुनिरहेका पर्यटनमन्त्री भट्टराईले अन्तमा पर्यटन क्षेत्रमा भइरहेका सकारात्मक प्रगतिको फेहरिस्त यसरी प्रस्तुत गरे–

बेलायतलगायत विकसित मुलुकमा पनि लगेजमा ढिलाइ हुन्छ । अन्य अन्तरराष्ट्रिय विमानस्थलमा १० देखि १५ मिनेट विमानबाट ओर्लेपछि लगेज लिने गाउँमा पुग्न समय लाग्छ ।

बस वा रेलबाट यताबाट उता गएर अध्यागमनलगायत सबै प्रक्रिया पूरा गर्दा अरु समय लाग्छ । तर, नेपालको साँघुरो अन्तरराष्ट्रिय विमानस्थल । जहाजबाट ओर्लेपछि १५ मिनेटमा लगेज लिने स्थानमा पुगिन्छ । अनि लगेज ढिलो आयो भनेर ‘चार घण्टा यति दिन लगेज पाइँदैन’ भनेर गुनासो गरिन्छ ।

हरेक दिन बिमानस्थल

पर्यटनमन्त्री भट्टराई विमानस्थलको बेथिति सुधार र सेवा सुदृढीकरणका लागि हरेक दिन विमानस्थल पुग्छन् । विमानस्थलको सेवा सुधारमा अहोरात्र खटिरहेका उनी गत बुधबार राति पर्यटन सचिव केदारबहादुर अधिकारीलाई लिएर विमानस्थल पुगे ।

विमानस्थलका कर्मचारी मन्त्री आएको पत्तो पाउदैनन् । मन्त्री भट्टराई कहिले एक्लै त कहिले मन्त्रालय र अन्य सरोकारवाला निकायका प्रतिनिधि लिएर आकस्मिकरुपमा विमानस्थल निरीक्षणमा पुग्छन् । यो जानकारी पनि उनले सोही कार्यक्रममा दिए ।

विश्वभर वार्षिक सात प्रतिशतका दरले हवाई यात्रु बढिरहेका छन् । नेपालमा वार्षिक १३ प्रतिशतले हवाई यात्रु बढिरहेका छन् । अबको पाँचदेखि १० वर्षभित्र काठमाडौँ विमानस्थलले यात्रु थेग्नै नसक्ने भएकै कारण सन् २०२० को मार्चबाट भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने उको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved