आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 05:25:24 PM मा प्रकाशित

laxmi  sunrise bank

ईट्टा भट्टीमा मान्छे जलाएर मारेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासमा चार दिन भएको थुनेछेक बहसपछि पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । 

इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफामा तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने प्रावधान छ । 

२०६४ चैत्र २७ गते बुधबार रौतहटको राजपुरफरहदवा ४ स्थित आलमको काकाको घरमा बम विष्फोटन भएको थियो । अर्को दिन हुने संविधान सभा निर्वाचनलाई लक्षित गरि बम बनाँउदा अचानक बिस्फोट भएको थियो । बिस्फोटमा घाइते भएकालाई आलमले जिउँदै इटा भट्टामा हाली जलाएको भन्दै जाहेरी परेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved