नास्ट र डिनबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 05:57:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन)बीच इन्जिनियरिङ्ग ज्ञान तथा प्रविधिको विकासका सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठ र डिनका अध्यक्ष कामेश्वर प्रसाद सिंहले हस्ताक्षर गरेका छन् । 

अनुसन्धानमा आधारित इन्जिनियरिङ्ग ज्ञान तथा प्रविधिको साझेदारीका लागि संयुक्त रुपमा कार्यशाला, गोष्ठी, सम्मेलन गर्न सम्झौता भएको नास्टका उपकुलपति डा. श्रेष्ठले जानकारी दिए । दुई पक्षिय सम्झौता नेपालका डिप्लोमा इन्जिनियरहरुको क्षमता विकास गर्न, ईन्जिनियरिङ्ग संरचना तथा वातावरण व्यवस्थापनका लागि रणनीति, निर्देशिका तथा आचार संहिता निर्माण गर्न फलदायी हुने अपेक्षा गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved