नेकपामा जुट्यो सैद्धान्तिक सहमति, मन्त्रिपरिषद् पुनर्गठन भोलि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 07:31:03 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार साँझ बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको सैद्धान्तिक सहमति जुटेपछि भोलि नै मन्त्रीपरिषद हेरफेर हुने जनाइएको छ। 

स्रोतकाअनुसार मन्त्रिपरिषदको पुनर्गठनमा कम्तिमा ८ मन्त्री परिवर्तन हुनेछन। अध्यक्षद्वयको प्रस्तावमा सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनको सैद्धान्तिक सहमति जनाएको हो । त्यसका आधारमा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नेछन् । हटाउने र नयाँ मन्त्रीको टुंगो भने अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले लगाउने छन् ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले केहि मन्त्रीमात्र हटाउन चाहेपनि प्रधानमन्त्री केपी शर्मा ओली पुरै सेट नै परिवर्तन गर्ने योजनामा थिए। तर अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठनपछि कार्यविभाजनमा सहमति जुटेकाले तत्काललाई केहि मन्त्रीमात्र हट्ने निश्चित भएको स्रोतको दावी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved