साल्ट टेड्रिङका प्रमुख खोज्दै प्रहरी, जबरजस्ती करणीको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 08:24:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्खेतको वीरेन्द्रनगरस्थित साल्ट टेड्रिङ कर्पोरेशनका प्रमुख रामबाबु गुप्ताविरुद्ध जबरजस्ती करणीको आरोप आगेको छ । एक युवतीले प्रमुख गुप्तले आफुलाई जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् । गुप्ताले कार्यालयमै बोलाएर पटकपटक यौनशोषण गरेको ती युवतीको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जाहेरी दर्ता लगत्तै कार्यालय प्रमुख गुप्ता फरार छन् । प्रहरीले एक सातादेखि फरार गुप्ताको खोजी भइरहेको बताएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले युवतीको जाहेरीका आधारमा गुप्ताविरुद्ध जबरजस्ती करणीसम्बन्धी अभियोगमा मुद्दाको प्रक्रिया अघि बढाइएको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved