नेपाल घुम्न आएका ५ पर्यटक सीमा नचिनेर भारत पुगेपछि पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 08:27:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको सबैभन्दा होचो स्थान कचनकबल घुम्न आएका पाँच युक्रेनी नागरिकलाई भारतीय सुरक्षा बल(एसएसबी)ले पक्राउ गरेको छ । खुला सिमानाको पत्तो नपाएर भारतीय भूभागमा पुगेका उनीहरु बिहारको किसनगञ्ज क्षेत्रबाट पक्राउ परेका हुन् ।

झापाको कचनकबल गाउँपालिकामा भारतीय सिमाना नजिक नेपालकै होचो स्थान केचनास्तम्भ छ । शुक्रबार सो स्थानमा घुम्ने क्रममा युक्रेनी नागरिक सिमाना नचिनेर अलमलिँदै १०० मिटर टाढा भारतीय भू–भाग कादोगाउँ पुगेका थिए ।

कादोगाउँमा तैनाथ एसएसबीका जवानले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेमा मारियाना रुडिक, भ्लादिमीर कोवालचक, लिलिया कोवालचक, अलेक्जेन्डर काप्टजेन र इवान सिक छन् । झुक्किएर सीमापारि पुगेकाले उनीहरुलाई छाडिदिन नेपाली सुरक्षा निकायले भारतीय पक्षसँग आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved