वालुवाटारमा मिर्गौला पीडितको प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 02:00:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्गौला पीडितहरूले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । निःशुल्क हेमोडाइलाइसिसको सुविधा पाउनुपर्ने, जीविकोपार्जन बापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने, डायलाइसिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने, बिरामी कुरुवालाई बस्ने सुरक्षित स्थान उपलब्ध हुनुपर्ने लगायतका माग राख्दै उनीहरूले सोमबार बिहान प्रदर्शन गरेका हुन् ।

१४ बुँदे ज्ञापनपत्रसहित प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका उनीहरु नाराबाजी गर्दै फर्किएका थिए । ‘प्रधानमन्त्री स्वयम् मिर्गौलापीडित भएकोले हामीसँग भेट गर्नुहुन्छ भन्ने आशा थियो, तर उहाँले भेट दिनु भएन’ प्रदर्शनमा सहभागी एक जनाले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved