सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरेका छन् । भैरहवामा आयोजित लुम्बिनी औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकार कता अल्झिएको हो भन्दै प्रश्न गरे ।
‘सरकार अझै पनि कहाँ अल्झिएको हो ?’ उनले प्रश्न गरे, ‘जनअपेक्षा अनुसार काम भएको छैन । ढिलो पक्कै भएकै हो ।’