बुधबार मन्त्रिपरिषद पुनर्गठन, बाहिरिनेलाई अन्यथा नलिन ओलीको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 08:08:54 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफुले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको मन्त्रीहरुलाई जानकारी गराएका छन् । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले आफुले बुधवार मन्त्रिपरिषद्को पुनर्गठन गर्ने बताएका हुन् । 

बैठकमा ओलीले केहि मन्त्री दोहोरिने र केहि बाहिरिने भएकोले कसैले पनि अन्यथा नलिन मन्त्रीहरुलाई आग्रह गरेका छन् । उनले भोलि बुधबार सार्वजनिक कार्यक्रममा नजान समेत मन्त्रीहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न भोलि बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved