नेपालमा भूकम्प, भारतमा भागदौड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 09:43:32 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बेलुका नेपालमा केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का भारतमा समेत महसुस गरिएको छ। बझांङको पौवागढी केन्द्र भएर ५.७ म्याग्नेच्युडको भूकम्प जाँदा भारतको उत्तराखण्ड र दिल्लीमा धक्का महसुस गरिएको त्यहाँका संचार माध्यमले जनाएका छन। 

मंगलबार बेलुका ७ बजे १५ मिनेटमा नेपालमा गएको भूकम्पका कारण भारतका केहि जिल्लामा मानिसहरु घरबाहिर निस्किएको त्यहाँका संचार माध्यमले जनाएका छन। नेपालमा ५.७ म्याग्नेच्युड मापन गरिएको भूकम्प भारतमा ५ म्याग्नेच्युड मापन गरिएको छ।      

दिल्लीको एनसीआर सहित उत्तराखण्डको कुमाउँ र गडवालका केहि जिल्लामा मानिसहरु भूकम्पको धक्काका कारण घरबाहिर निस्किएका छन।  कुमाउँमा आठ दिनको अन्तरमा दुई पटक भूकम्पको धक्का महसुस हुँदा त्यहाँका स्थानीयहरु त्रसित भएको समाचारमा उल्लेख छ।  यद्दपी कुनै मानवीय क्षति नभएको जनाइएको छ।

एका साताअघि भारतको पिथौरागढ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो। अचम्मको कुरा के छ भने त्यो बेला ४।५ म्याग्नेच्युड मापन गरिएको भूकम्पको धक्काले केहि घरमा चिरा परेको थियो।   

  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved