६ मन्त्री र २ राज्यमन्त्री बिदा हुँदै, यी हुन् मन्त्रीमण्डलका नयाँ अनुहार !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 10:42:35 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन। यसका लागि प्रधानमन्त्रीले बहालवाला मन्त्रीहरुलाई बुधवार कुनैपनी औपचारिक कार्यक्रममा नजान निर्देशन नै दिएका छन। 

ओली सरकार गठनको करिब दुई बर्ष पुरा हुनै लाग्दा मन्त्रीहरु हेरफेर गर्न लागिएको हो। प्रधानमन्त्री ओलीले मन्त्रीमंडलनै पुनर्गठन चाहेपनि   अन्तिम समयमा केहि मन्त्रीहरु मात्रै हटाउने मनसायमा पुगेको स्रोत बताउँछ। 

स्रोतकाअनुसार बुधवार ६ मन्त्री र दुई राज्यमन्त्रीले बिदा पाउनेछन। बिदाई पाउनेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, कृषिमन्त्री चक्रपाणी खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापामगर, आपूर्तिमन्त्री मातृका यादव तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी रहेका छन। 

नयाँ मन्त्रीहरुको सुचिमा सोम पाण्डे, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, महेस बस्नेत छन। त्यस्तै तत्कालिन माओवादि कोटाबाट देबेन्द्र पौडेल र प्रभु शाहको पनि चर्चा रहेको छ। 

प्रधानमन्त्री ओली बहालवाला अर्थमन्त्री डा. युबराज खतिवडालाई कम्तिमा पनि  फागुन २१ सम्म निरन्तरता दिन चाहेपनि सुरेन्द्र पाण्डे आफैले बजेट बनाउने गरि अर्थमन्त्री बन्ने इच्छा जनाएपछि अर्थमन्त्री खतिवडाको विदाई बारे अन्यौल रहेको बताइएको छ।       


 




    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved