मतदातालाई कम्बल बाडेकोमा कांग्रेसको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 08:36:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा–१५, पट्नेरीका स्थानीयवासीलाई कम्बल वितरण गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस कास्कीले विज्ञप्ति जारी गर्दै उक्त वडाका वडाध्यक्ष प्रकाश पौडेलले पट्नेरीका १२ जनालाई कम्बल वितरण गरेको भन्दै उक्त कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने बताए ।

“निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँछौँ,” विज्ञप्तिमा भनिएको छ । निर्वाचन कार्यालयले अनुगमन गरी आचारसंहिता विपरीत कार्य गर्नेमाथि कारवाही गर्न काङ्ग्रेसले माग गरेको छ ।

यसैबीच निर्वाचन आचारसंहिता विपरीत वडा कार्यालयले कम्बल वितरण गरेको भन्दै नेपाली काँग्रेस कास्कीले निर्वाचन आयोगमा उजुरी दिएको छ । निर्वाचन क्षेत्रभित्र मतदातालाई प्रलोभनमा पार्ने काम वडा कार्यालयबाटै भएको भन्दै वडाध्यक्षलगायत त्यस कार्यमा संलग्नलाई कारवाहीको मागसहित उजुरी दिइएको काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved