हराएको ट्यांकर भेटियो, तेल गायब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 10:53:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सिरहाको लहानबाट अपहरण भएको भनिएको नेपाल आयल निगमको ट्यांकर प्रहरीले फेला पारेको छ । मंगलबार साँझबाट हराएको उक्त ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामाबाट फेला पारिएको प्रहरीले जनाएको छ । 

प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीका अनुसार ढल्केबरबाट १० किलोमिटर दक्षिणमा मंगलबार राति नै ट्यांकर भेटिएको हो । २० हजार लिटर डिजेल बोकेको भएपनि अहिले ट्यांकरमा तेल खन्याइएको छ ।  तेल कहाँ खन्याइयो भन्ने खुलेको छैन ।

बाराको अमलेखगंजस्थित निगमको डिपोबाट डिजेल भरेर प्रदेश १ को राजधानी विराटनगर जाने क्रममा ना४ख ४१६३ नम्बरको टयांकर हराएको थियो । प्रहरीले टयांकरका चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई नियन्त्रणमा लिएको छ । 

निगमले पनि घटनाबारे छानबिन गर्न इञ्जिनियर अशोक साहको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved