मन्त्रिमण्डल पुनर्गठनः नेकपाका नेता अन्तिम गृहकार्यमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 11:04:07 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिमण्डल पुनर्गठनबारे नेकपाका शीर्ष नेताहरु अन्तिम गृहकार्यमा जुटेका छन् । मन्त्रिपरिषद्मा थपिने र बाहिरिने मन्त्रीहरुको अन्तिम टुङ्गो लगाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल अहिले छलफलमा छन् ।

बालुवाटारमा जारी छलफलमा कस–कसलाई मन्त्रिपरिषदमा भित्र्याउने र कस–कसलाई बिदा गर्ने भन्ने विषयमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन् । नयाँ मन्त्रीको नामावाली टुंगो लागेपछि बुधबारै ओली र प्रचण्ड शीतलनिवास पुगेर मन्त्रिमण्डल पुनर्गठनबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउने बुझिएको छ । 

आजै १२ः३० बजे नेकपाको सचिवालय बैठक पनि बस्ने तयारी छ ।

को को छन् बिदाई पाउने र भित्रिनेको सूचीमा ?

बिदाई पाउनेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, कृषिमन्त्री चक्रपाणी खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापामगर, आपूर्तिमन्त्री मातृका यादव तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी रहेका छन। 

नयाँ मन्त्रीहरुको सुचिमा सोम पाण्डे, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, महेस बस्नेत छन। त्यस्तै तत्कालिन माओवादि कोटाबाट देबेन्द्र पौडेल र प्रभु शाहको पनि चर्चा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved